नर्वेजियाली समुद्रमा एउटा क्रुज जहाजबाट कम्तिमा ४०० लाई हवाई मार्गमार्फत बचाएर निकालिएको छ

 

नर्वेजियाली समुद्रमा सङ्कटमा परेको एउटा क्रुज जहाजबाट कम्तिमा ४०० जनालाई हवाई मार्गमार्फत बचाएर निकालिएको छ।  

द भाइकिङ्ग स्काई क्रुज जहाज नर्वेजियाली काउन्टी मोरे ओग रोम्सडालनबाट दुई किलोमिटर टाढा समुद्रमा शनिवार अपराह्न ऊर्जा गुमाएपछि बरालिन थालेको थियो जसको परिणामस्वरूप जहाजका क्याप्टेनले आपदा सूचना पठाएका थिए। त्यो जहाजमा १३०० यात्रुहरू र जहाजकर्मीहरू थिए। जहाजमा सवार धेरैजस्ता यात्रुहरू ब्रिटिस वा अमेरिकी नागरिकहरू रहेका बताइएको छ।
हिजो जहाजका कर्मीहरू जहाजका चार इन्जिनहरूमध्ये तीनटालाई पुनःचालु गर्न सक्षम भए र टगबोटहरूको मद्दतले नजिकको बन्दरगाह तर्फ अगाडि बढ्दैछ।
यो जहाज ट्रोम्सोबाट दक्षिणतिर स्ताभ्यान्गरतर्फ बढीरहेको थियो जब हुस्तादभिका नामक इलाकामा यसको इन्जिनमा समस्या उत्पन्न भयो। यो इलाकामा विगतमा पनि कैयौँ जहाजहरू डुबिसकेका छन्।