म्युएलरद्वारा रसियाको मिलि भगत र अवरोध अनिर्णायक रहेको ठहर

२०१६-को चुनावमा रसियाली हस्तक्षेपको विशेष काउन्सेल रोबर्ट म्युएलरको जाँचको सारांशमा दिइएको प्रमुख निर्क्यौललाई ह्वाइट हाउस र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा स्वागत गरिएको छ, र यसलाई राष्ट्रपति दोषमुक्त हुनुभएको बताइएको छ। संवाददाताहरूलाई दिइएको छोटो टिप्पणीमा राष्ट्रपति ट्रम्पले यसलाई समस्त र पूर्ण दोषमुक्ति बताउनुभएको छ। श्री ट्रम्पले भन्नुभएअनुसार जाँचलाई गैर-कानुनी बताउँदै देशले यसबाट गुज्रिनु परेको कुरा लज्जास्पद थियो।

ह्वाइट हाउस प्रवक्ता सराह स्यान्डर्सले पनि म्युएलरको निर्क्यौललाई अमेरिकाका राष्ट्रपति समस्त र पूरा दोषमुक्त ठहर गरिएको बताउनुभयो।