थाइल्यान्डमा सेना-समर्थक पार्टी चुनावमा अगाडि; परिणामहरू घोषणामा अबेर

थ्याइल्यान्डमा सेना-समर्थक पार्टी सन् २०१४-को सैन्य-सत्तापलटपछिको पहिलो आम चुनावमा अगाडि छ। निर्वाचन आयोगले ५०० सदस्यीय प्रतिनिधि सभाका लागि भएको चुनावको परिणाम आइतवार राति घोषणा गर्नु थियो तर पछि यसलाई कुनै कारण नबताइ आजसम्मका लागि स्थगित गरिएको छ।
निर्वाचन आयोगअनुसार जम्मा मतदानका ९० प्रतिशत मतहरूको गणना भइसकेको छ जसमा पलाङ्ग प्रचारत पार्टी ७० लाख ६४ हजार मतले अगाडि छ। त्यसको तुरुन्तै पछाडि ७० लाख १६ हजार मतले प्रमुख विपक्षी पार्टी छ। यो विपक्षी पार्टी स्व-निर्वासित पदच्यूत पूर्व प्रधान मन्त्री थाकसिन शिनावात्रासित सम्बन्धित छ। आयोगको अध्यक्षअनुसार गणना गरिएका ९० प्रतिशत भोटको आधारमा ६६ प्रतिशत मतदान भएको छ।
सैन्य-सत्तापलटको नेतृत्व गर्नुभएको सेना प्रमुख प्रधान मन्त्री प्रयुथ चान-ओचा, सेनासित नजोडिएका ठुला राजनीतिक पार्टीहरूको प्रभावलाई रोक्ने उद्देश्य राखेर बनाइएको नयाँ राजनीतिक प्रणालीमा सत्तामाथि पकड बनाइराख्न आशावान हुनुहुन्छ।