मालीको नरसंहारमा मारिनेहरूको संख्या बढेर १६०- पुग्यो

मालीमा भएको एउटा नरसंहारमा मारिनेहरूको संख्या १६०-मा पुगेको अधिकारीहरूले बताएका छन्। एकजना स्थानीय अधिकारी तथा मालिको सुरक्षा बलहरूको  एउटा सुत्रले बताएअनुसार मारिनेहरूको संख्या अझै बढ्न सक्छ। यो भयावह हमला मध्य मालीको शहर मोप्ती निकट फूलानी पशुपालक समुदायको गाँउ ओगसुगौमा शनिबार भएको थियो।

यसैबीच मालीमा राष्ट्रपति इब्रहिम बौबाकर कीताले सो गाँउको दौडहा पछि सुरक्षा बढाउने वचन दिनुभएको छ। उहाँले भन्नुभयो, न्याय दिलाइने छ। नरसंहार पछि आइतबार हठात् नियुक्त गरिएका सेना प्रमुख जेनरेल अबौलाए कोलीबले-लाई सार्वजनिक आदेश दिँदै उहाँले सुरक्षाको व्यवस्था गर्न भन्नुभयो।