युरोपेली संसदद्वारा विवादास्पद कपिराइट सुधार विधेयक पारित

युरोपेली संसदले मङ्गलवार समाचार प्रकाशकहरू तथा मिडिया व्यवसायद्वारा समर्थित विवादास्पद कपिराइट सुधार विधेयकलाई पारित गरेको छ। तर, गूगल जस्तो विशाल टेक कम्पनीले यसको विरोध गरेको छ।

स्ट्रासबर्गमा युरोपेली संसदका सदस्यहरूद्वारा गहन बहसपछि युरोपेली संसदका सदस्यहरूको बैठकले विरोधमा २७४ मत, र ३६ अनुपस्थितिको विरुद्ध ३४८ मतले मस्यौदा कानुनलाई पारित गऱ्यो।
यो सुधारलाई मिडिया कम्पनीहरू र कलाकारहरूले जोडदार रूपमा समर्थन जनाएका थिए जसले उनीहरूका विषयवस्तुहरूको प्रयोगकर्ताहरूद्वारा वितरणको अनुमति दिने वेब प्लेटफर्महरूबाट राम्रो आमदानी हासिल गर्न चाहन्छन्।

तर सिलिकन भ्यालीले, र खासगरि गूगलले यसको कडा विरोध गरेको थियो जसले यसका होस्टहरूद्वारा उत्पादित विषयवस्तुहरूमाथि विज्ञापनबाट ठुलो लाभ कमाउँछ। फ्रि इन्टरनेटका समर्थकहरूद्वारा पनि यसको निन्दा गरिएको थियो जसलाई वेब स्वतन्त्रतामाथि अभूतपूर्व प्रतिबन्धहरू लाग्ने डर छ।
सुधार अन्तर्गत पहिलोपटक युरोपेली कानुनले कपिराइट लागू गर्ने कानुनी दायित्व प्लेटफर्महरूलाई दिएको छ जसको परिणामस्वरूप कानुनको उल्लङ्घन रोकनका लागि उनीहरूक प्रयोगकर्ताहरूको पोस्टसम्बन्धी सबै कुराहरू जाँच गर्नु पर्नेछ।