म्यानमारको सर्वोच्च अदालतद्वारा थुनुवामा रहेका दुइ रायटर्स पत्रकारहरूको अपीलमाथि सुनवाई

म्यानमारकाे सर्वोच्च अदालतले मंगलबार थुनुवामा रहेका दुइ रायटर्स पत्रकारहरूको अपीलमाथि सुनवाई दियो। सर्वोच्च अदालतले यी दुइ पत्रकारहरूलाई रोहिङ्ग्यामाथि क्रूर कार्यवाही गरेमार्फत सात वर्षको कारागार वासको सजाई सुनाइएको थियो।

राजधानी नेपिडवमा अन्तिम अपीलकोे पहिलो सुनवाईका निम्ति उनका वकिलहरू पुगेका थिए जब कि पत्रकार लोनी र क्याउ सोई ओ-लाई इनसेन जेलमा नै राखिएको थियो।

वकिलले अदालतमा आफ्नो अपीललाई रेखांकित गर्दै पत्रकारहरूले गरेका अपराधहरूको  प्रमाण नभएको  बताए।

सरकारी कानून अधिकारीहरूले प्रत्युत्तर दिनु अघि नै न्यायाधीश सोउ नाङ्गले मुकदमामाथि कुनै अर्को तारिखको घोषणा  नगरी  अदालत स्थागित गर्नुभयो। अदालतमा सुनवाईका लागि कैदी पत्रकारहरूको पत्नी र बालबालिकाहरू पनि  उपस्थित थिए।