ब्रिटिशकी प्रधान मन्त्री थेरेसा मे पुनः एकपटक समस्यामा

ब्रिटिशकी प्रधान मन्त्री थेरेसा मे, उनका तीन मन्त्रीहरू र उनकै पार्टीका कैयौँ सासंदहरूले ब्रेक्सिटमाथि नियन्त्रणको लागि ल्याइएको संशोधनमा समर्थन गरेपछि ३०२ विरुद्ध ३२९ भोट-ले परायज भएर पुनः एकपटक समस्यामा परेकी छन्। हाउस अफ कमन्स प्रस्ताव मे-को विवादास्पद युरोपेली संघबाट बाहिर निस्कने बिलको विकल्पको लागि बलोइएको थियो। यसपूर्व यो बिल संसदद्वारा दुइ पटक खारेज भइसकेको छ।

विदेश मामिला मन्त्री एलिस्टेयर बर्ट, स्वास्थ्य मन्त्री स्टीव ब्राइन र वाणिज्य मन्त्री रिचर्ड हैरिङ्गटन लगायत तीन मन्त्रीहरूले सरकार विरूद्ध मतदान गरे। यी तीन मन्त्रीहरूले मतदान पश्चात् मन्त्री पदबाट राजिनामा पनि दिएका थिए।

युरोपेली संघका नेताहरूले यदि यस साता सुश्री मे-को सम्झौता पारित भएको खण्डमा ब्रिटेनलाई ब्रेक्सिटको लागि मई २२-सम्मको समय दिन सकिने बताएका थिए। तर संसदको समर्थन बिना उहाँले १२ अप्रेलभन्दा पहिला ब्रुसेल्स फिर्ता हुनु पर्नेछ र एउटा वैकल्पिक योजना तयार गर्नुपर्नेछ।

 सुश्री मे-ले भन्नुभयो, उहाँले यस साता एउटा तेस्रो सार्थक भोट-को लागि निकास बिललाई फिर्ता ल्याउने आशा मार्नुभएको छैन, जो आज हुन सक्छ।