थाईल्यान्डका सैन्य शासन विरोधी पार्टीहरूद्वारा सरकार गठनको दाबी

थाईल्याण्डमा सैन्य सत्तापलटमा सत्ताच्यूत भएको पार्टीको नेतृत्त्वमा रहेका सात पार्टीहरूले नयाँ सरकार गठनका लागि हालै सम्पन्न आम चुनाउमा पर्याप्त सिटहरू जित्ने विश्वास व्यक्त गरेका छन्।

आइतवार सम्पन्न मतदानमा सम्भावित अनियमितता भएको चिन्ताकै बीच यस्तो टिप्पणी आएको छ। २०१४-मा सत्तापलटपछि पहिलोपटक मतदान भएको हो। मे-मा आधिकारिक चुनाउ परिणामको घोषणा गरिनेछ।

अन्य पाँच  पार्टीका नेताहरू र पछिल्लो निर्वाचित सरकारको नेतृत्व गरिरहेको फियु पार्टीका नेताले ५०० सिटहरू भएको तल्लो सदनमा २५० भन्दा धेरै सिटहरू जित्ने विश्वास व्यक्त गरेका छन्।

आगामी मे महिनामा प्रधान मन्त्रीको चुनाउ हुने सम्भावना छ।