चीनले इन्टरपोलका पूर्व प्रमुखलाई कम्युनिस्ट पार्टीबाट गऱ्यो बर्खास्त

चीनले  इन्टरपोलका पूर्व प्रमुख मेङ्ग होङ्गवेईलाई कम्युनिस्ट पार्टीबाट बर्खास्त गरी उनलाई आधिकारिक पदबाट हटाएको छ।

देशमा भ्रष्टाचारमाथि नजर राख्ने निगरानी संस्था सेन्ट्रल कमिशन फॉर डिस्पलिन इन्सपेक्शनले यसको घोषणा गरेको छ। मेङ्ग उप लोक सुरक्षा मन्त्री पदमा पनि थिए।पछि चीनले उनीमाथि घूष लिएको आरोप लगाएको थियो। मेङ्ग होङ्गवेईसित कुनै पार्टी सिद्धान्त छैन र नियमका अनुसार उनले व्यक्तिगत मामिलाको जानकारी दिएका छैनन्।

फ्रान्समा  बसिरहेका ६५ वर्षिय होङ्गवेईले इन्टरपोल अध्यक्ष पदबाट राजीनामा दिएका छन्।