मालदिभ्सको अदालतले दियो पूर्व राष्ट्रपति यमीनको रिहाइको आदेश

बिहीबार मालदिभ्स उच्च अदालतले आगामी महिना ६ तारिख हुन निर्धारित संसदीय चुनाव अघि नै पूर्व राष्ट्रपति अब्दुल्ला यमीनलाई हिरासतबाट रिहाइ गर्ने आदेश दिएको छ।

श्री यमीनलाई धनशोधन र सबुतको छेडखानी गरेको मामिलामा गए महिना आपराधिक अदालतको एउटा फैसलाबमोजिम गिरफ्तार गरिएको थियो।
उच्च अदालतको आदेशानुसार यस्तो मामिलामा हिरासतको अधिकतम समय ३० दिन मात्र हुन्छ जो यसै महिनाको १८ तारखि समाप्त भइसकेको छ।

श्री यमीन पोहोर इब्राहिम सोलिह विरुद्ध राष्ट्रपति चुनाव हार्नु भएको थियो।श्री यमीनको पार्टी यस संसदीय चुनावको प्रमुख विपक्षी पार्टी  हो।