अमेरिका-अगुवाइवाला गठबन्धन: आईएस विरोधक हमलाहरूमा १,२५७ आम नागरिकहरू मारिए

संयुक्त राज्य अमेरिका-अगुवाइवाला गठबन्धनले भनेको छ कि चार सालभन्दा बढी अवधिमा इस्लामिक स्टेट गुट विरुद्ध गरिएका ३४,०३८ हवाई हमलाहरूमा १,२५० भन्दा अधिक आम नागरिकहरू मारिएका छन्।

हिजो जारी गरिएको एउटा वक्तव्यमा यस गठबन्धनले  अगस्ट सन् २०१४ देखि सुरु गरेर यो वर्षको फेब्रुअरी सम्म गरिएको हवाई प्रहारमा मारिएका आम नागरिकहरूको संख्या सार्वजनिक गरेको छ।

अमेरिका समर्थित कुर्दिश अगुवाइवाला सीरियाली लोकतान्त्रिक फौजले उसले आईएस-लाई  इराकी सिमाना नजिक त्यसको कब्जामा रहेको अन्तिम ठाउँ बगूज गाउँमा परास्त गरेको घोषणा गरेको केही दिनपछि उक्त तथ्य सामुन्ने आएको हो।