जर्मनीद्वारा सउदी अरबमाथिको हतियार निर्यात प्रतिबन्धमा अझै छ: महिना विस्तार

जर्मनीले पोहोर अक्टूबरमा सउदी अरबमाथि लगाएको हतियार निर्यात प्रतिबन्धमा अझै छ: महिना विस्तार गरेको छ।

हिजो सरकारी प्रवक्ता स्टीफन सैबर्टले एउटा वक्तव्यमा बताउनुभयो कि सउदी अरबमाथि प्राधिकृत हतियार निर्यात प्रतिबन्ध छ: महिना अर्थात मार्च ३१ देखि सेप्टेम्बर ३० सन् २०१९ सम्म विस्तार गरिन्छ।

पोहोर इस्तानबुल स्थित सउदी वाणिज्य दूतावासमा खाशोग्गीको हत्या पश्चात  यसको प्रतिक्रियामा बर्लिनले सउदी अरब लगायत यमन युद्धमा संलग्न अन्य मुलुकहरूमा हतियार विक्रीमाथि प्रतिबन्ध लगाएको थियो। यमन युद्धमा मार्च सन् २०१५-देखि हालसम्म कम्तीमा पनि १०,००० मानिसहरू मारिएको अनुमान छ।