बाङ्गलादेशमा  आगलागीको घटनामा मृत्यु हुनेहरूको संख्या २५ पुग्यो

बाङ्गलादेशको राजधानी ढाकाको एक गगनचुम्बी भवनमा आगलागीको घटनामा मृत्यु हुनेहरूको संख्या २५ पुगेको छ। ढाकाको बनानी क्षेत्र स्थित २२ तले भवनमा भिषण आगलागी भएको थियो।

स्थानीय मिडियाले जानकारी दिएअनुसार २५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने ७६ जना घाइते भएकe छन्। भवनको आठौँ तलाबाट आगलागी सुरु भएको थियो र पछि यो आगो अन्य तलामा पनि फैलियो।

आगलागीको कारण पत्ता लागेको छैन। यस दुःखद घटनाको जाँच गर्न एक आठ सदस्यीय दलको गठन गरिएको छ।