उत्तर कोरिया कष्टमा छ र उमाथि नयाँ प्रतिबन्ध लगाउने आवश्यकता छैनः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरिया

कष्टमा छ र अहिले उमाथि नयाँ प्रतिबन्ध लगाउने आवश्यकता छैन भन्नुभएको छ। उहाँले उत्तर कोरियाका नेता किम जोङ्ग उनका साथ आफ्नो सम्बन्धलाई महत्व दिनुभएको बताउनुभएको छ।

श्री ट्रम्पले एक साता पहिले आफ्नो ट्विट सन्देशमा भन्नुभएको थियो, उहाँले उत्तर कोरियामाथि प्रतिबन्ध हटाउनुभएको छ जो अमेरिकी वित्त मन्त्रालयले योजना बनाएको थियो।