नेपालका प्रधान मन्त्री ओलीद्वारा लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्वान

नेपालका प्रधान मन्त्री के. पी. शर्मा ओलीले विश्वभरीका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ। राजधानी काठमाडौँमा शुक्रवार बिहान “नेपाल लगानी शिखर सम्मेलन २०१९”-को उद्घाटन गर्नुहुँदै प्रधान मन्त्री ओलीले नेपाल लगानीको लागि लगभग एउटा स्वच्छ मुलुक हो र आफ्नो सरकारले प्रत्यक्ष विदेशी लगानीको लागि अनुकूल वातावरण बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, नेपालको तात्कालिक लक्ष्य कमभन्दा कम विकसित देशको सूचीबाट उकासिनु हो र यसलाई प्राप्त गर्नको लागि आगामी पाँच वर्षहरूमा ८८ अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानीको आवश्यकता छ। श्री ओलीले देशमा लगानीको वातावरणमा सुधार गर्न भर्खरैमात्र “विदेशी लगानी तथा प्रौद्योगिकी हस्तान्तरण अधिनियम” र “सार्वजनिक-निजी साझोदारी तथा लगानी अधिनियम” लागु गरिएको बताउनुभयो। प्रधान मन्त्रीले भन्नुभयो, जलबिद्युत लगानीको एउटा प्रमुख विकल्प हुनसक्छ तर कृषि, उत्पादन, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रौद्योगिकी र खनिज लगायतका अन्य कैयौँ क्षेत्रहरूमा पनि ठूलो संभावना छ। उहाँले भन्नुभयो, नेपाल सामरिक रूपले भारत र चीनको बिचमा अवस्थित छ, जो क्रय शक्ति बढाउने साथै विश्वका दुइ विशाल बजारहरू हुन् र यसले लगानीको लागि एउटा आकर्षक प्रोत्साहन प्रदान गर्न सक्छ। उहाँले भन्नुभयो, हालै भारतद्वारा गरिएको एउटा सकारात्मक पहलका कारण क्षेत्रीय बिद्युत बजारको संभावना पनि बढेको छ।

आफ्नो सम्बोधनको अन्त्यमा प्रधान मन्त्री ओलीले भन्नुभयो, शीर्घ तथा व्यापक विकास  नै एकमात्र विकल्प अनि समयको आवश्यकता हो र नेपाल समृद्धिको दिशातर्फको आफ्नो यात्रामा अब कुनै ढिलाई गर्न चाहेको छैन।

यस दुइ दिने शिखर सम्मेलनमा भारतसहित ४० देशहरूबाट ६००-भन्दा बढी लगानीकर्ताहरू र प्रतिनिधिहरूले भाग लिनेछन्। शिखर सम्मेलनको अवधिमा विभिन्न क्षेत्रहरूमा ३१.९३ अर्ब अमेरिकी डलरका ७७ परियोजनाहरूको प्रदर्शन गरिने छ र १२ सम्झौता ज्ञापन पत्रहरूमा हस्ताक्षर पनि गरिनेछ।