इराक: टिगरिस नदीमा सवारी डुङ्गा डुबेको मामिलामा जिम्मेवार दुई व्यक्तिहरू गिरफ्तार

इराकको उत्तरी प्रान्त निनेवेहको सञ्चालन निम्ति गठिन गरिएको संकट टोलीले बताएको छ कि  टिगरिस नदीमा  एउटा सवारी डुङ्गा डुबेको मामिलामा जिम्मेवार दुई व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ।

ओबैद इब्राहिम अलि तथा उनको छोरो ऱ्यान ओबैद इब्राहिमलाई, जो एउटा पर्यटन द्वीपका मानिलकहरू हुन् जुन द्वीप तिर सवारी डुङ्गा गइरहेको थियो, इराकको अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी एब्रिलमा कुर्दिश क्षेत्रीय अधिकारीहरूको समन्वयमा गिरफ्तार गरियो।

डुङ्गा डुबेको घटनापश्चात संसदद्वारा राज्यपाल र दुई उपराज्यपालहरूलाई अपदस्थ गरिदिएपछि निनेवेह प्रान्तको सञ्चालनका लागि इराकी प्रधान मन्त्री अदेल अब्दुल महदीले एक साता अगाडि संकट टोली गठन गर्नुभएको थियो, जसमा विश्वविद्यालयका एकजना प्रोफेसर र दुई सैन्य कमान्डरहरू रहेका छन्।