इजिप्टमा आतङ्कवादमा संलिप्त रहेको आरोपमा ३० आरोपीहरूलाई दिइयो २५ वर्षको सजाय

इजिप्टमा एउटा अदालतले आतङ्कवादमा संलिप्त भएको अनि इस्लामिक स्टेट आतङ्की संगठनसित सम्बन्ध रहेको आरोपमा ३० आरोपीहरूलाई २५ वर्षसम्मको सजाय दिइएको छ।

सरकारी मिना समाजार एजेन्सीको रिपोर्टअनुसार, काइरो आपराधिक अदालतले आतङ्की गुटमा सामेल भएकोमा, विस्फोटकहरू राखेकोमा अनि तटीय प्रान्त एलेज्यानड्रियामा एउटा गिर्जाघरलाई विस्फोटले उडाउने कोशिस गरेकोमा १८ जनालाई २५ वर्षको सजाय सुनाएको छ भने १५ जनालाई १० वर्षको सजाय सुनाएको छ। उनीहरू विरुद्ध मुलुकका महत्त्वपूर्ण संस्थानहरूमा हमला गरेको अनि युद्धग्रस्त सीरिया र लीबियामा आईएस लडाकाहरूबाट प्रशिक्षण लिएको आरोप पनि लगाइएको छ।