जुजना क्यापुटोभा स्लोभाकियाकी पहिलो महिला राष्ट्रपति बन्ने तरखरमा

स्लोभाकियामा, सरकार समालोचिका एवम् भ्रष्टाचार विरोधक कार्यकर्त्ता जुजना क्यापुटोभा पहिलो महिला राष्ट्रपति बन्ने तरखरमा हुनुहुन्छ।

स्लोभाकियाको सांख्यिकी कार्यालयले बताएअनुसार, पर्यावरण अधिवक्ता क्यापुटोभाले ९१ वटा मतदान केन्द्रहरूमा भएको मतगणना पश्चात ५८ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुभएको छ भने युरोपेली संघका ऊर्जा आयुक्त पदमा आसिन मारोस सेफकोविचले करीब ४२ प्रतिशत मत प्राप्त गर्नुभएको छ। सेफकोविचले ४५ वर्षीया क्यापुटोभालाई उहाँको जितका लागि बधाई दिनुभयो।