भारत र नेपालका विकास र समृद्धि दुइ मुलुकहरूको हितमा छः मन्जीव सिंह पुरी

नेपालमा भारतका राजदूत मन्जीव सिंह पुरीले भारत र नेपालका विकास र समृद्धि दुइ मुलुकको हितमा रहेको बताउनुभएको छ।

उहाँले भन्नुभयो, भारत विश्वमा सबैभन्दा तीव्र गतिले अगाडि बढिरहेको अर्थव्यवस्था हो र निकट छिमेकीको नाताले नेपाललाई यसको लाभ स्वतः  प्राप्त हुनेछ। राजदूत पुरीले भन्नुभयो, भारतको विकास र छिमेकी प्रथम एजेन्डा र नेपालको “समृद्ध नेपाल, प्रसन्न नेपाली” नीतिले सफलता पाएको छ।

उहाँ आइतवार साँझ काठमाडौँमा ‘उदीयमान भारतका आंकक्षा र उसको विदेश नीति’ विषयमा आयोजित एक कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो। एबिभिपि-को राष्ट्रिय संगठनका सचिव सुनील अम्बेकरले आफ्नो महत्त्वपूर्ण सम्बोधनमा भन्नुभयो, नेपाल भारतका लागि विशेष छ किनकि दुइ मुलुकबीच पुरानो गहिरो सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध छ। उहाँले भन्नुभयो, पृथक भएर विकास हासिल गर्न सँकिदैन र भारतको विकासका लागि नेपालको समर्थन र भागेदारी आवश्यक छ। श्री अम्बेकरले भन्नुभयो, दुइ मुलुकहरू आफ्ना लक्ष्यहरू प्राप्त गर्नका लागि विकासको पथमा एकसाथ हिडनुपर्छ।

नेपालको नीति अनशनन्दन प्रतिष्ठानद्वारा सो कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा पूर्व राजनयिक, सुरक्षा विशेषज्ञहरू, विभिन्न संगठनका प्रतिनिधिहरू, युवा, विद्यार्थी, र मिडियाकर्मीहरूसहित धेरै संख्यामा प्रतिष्ठित व्यक्तिहरूले भाग लिएका थिए।