संयुक्त अरब एमिरेटसले  विशेषज्ञहरूद्वारा यमन मामिलामा  बुझाइएको रिपोर्ट खारेज गऱ्यो

संयुक्त अरब एमिरेट्सका विदेश मामिला राज्य मन्त्री डॅ अनवर बिन मोहम्मद गर्गसले यमन मामिलामा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विशेषज्ञहरूको एउटा प्रबुद्ध समूहले बुझाएको प्रतिवेदन खारेज गर्नुभएको छ। उहाँले  मानव अधिकार परिषदलाई सो मुलुकमा मानव अधिकारको संरक्षणका लागि संस्थानहरूको निर्माणमा यमन सरकारलाई मद्दत गर्नमा पुर्विचारको इच्छा जाहेर गर्नुभएको छ।

राष्ट्रसंघ मानवाधिकार उच्चायुक् मिशेल बाचेलेटलाई पठाउनुभएको एउटा पत्रमा मन्त्रीले भन्नुभएको छ, निर्णय र कार्यप्रणालीमा समूहले धेरै भुलहरू गरेको छ । पत्रका साथ २०१८-मा प्रकाशित विशेषज्ञ समूहको रिपोर्टको विस्तृत मूल्याङ्कन संलग्न छ जसको तयारी कैयौँ महिलामा गरिएको थियो। यो रिपोर्ट कार्यप्रणाली र अन्तर्राष्ट्रिय कानूनको प्रासङ्गिक सिद्धान्तहरूको सावधानीपूर्वक व्यापक विचारमाथि आधारित छ। यसमा समूहले यमनमा संघर्षको सन्दर्भलाई आफ्नो निगरानी र रिपोर्टिङ्ग कार्यमा लागू गरेको छैन र यसको कार्यप्रणाली दृष्टिकोण पनि त्रुटिपूर्ण रहेको बताइएको छ।