इजरायलले गाजा पट्टीमा केही दिनदेखि जारी राखेको नाकाबन्दी पुनः खोल्यो

 

इजरायलले गाजा पट्टीमा केही दिनदेखि जारी राखेको नाकाबन्दी पुनः खोलेको छ। प्यालेस्टाइनी भूभागबाट लामो दूरीको रकेट हमलापछि इजराइलले नाकाबन्दी गरेको थियो।

रक्षा मन्त्रालयको एउटा शाखाले आइतवार बिहानदेखि सर्वसाधारणका लागि इरेज क्रसिङ्ग र सरसामानका लागि केरेस शलोम खुला गरिएको जानकारी दिएको छ।

प्यालेस्टानले गरेको रकेट हमलामा सात इजरायलीहरू घाइते भएका थिए। इजरायलले पनि जवाफी कारबाही गरेको थियो। हजारौँ प्यालेस्टिनीहरूले गाजापट्टीमा इजरायलको विरोधमा प्रदर्शन गरेका छन्।