अल्जिरियाका राष्ट्रपति अब्दुल अजीज बुटफ्लिकाले आफ्नो कार्यकालको समय सीमा समाप्त हुनुभन्दा पहिले राजीनामा दिनुपर्नेछ

अल्जिरियाका राष्ट्रपति अब्दुल अजीज बुटफ्लिकाले २८ अप्रिलमा आफ्नो कार्यकालको अवधि समाप्त हुनुभन्दा पहिले राजीनामा दिनुपर्नेछ। राष्ट्रपति कार्यालयद्वारा जारी एउटा बयानमा भनिएको छ, राष्ट्रपतिले संक्रमण कालको बेला सरकारी संस्थानहरूले काम जारी राख्ने सुनिश्चित गर्नका लागि पाइला चाल्नुहुनेछ। लगभग २० वर्षसम्म पदमा रहनुभएको ८२ वर्षिय बुटफ्लिकालाई पदत्याग गर्ने माग गर्दै साप्ताहिक रूपमा विरोध प्रदर्शन जारी  छ।

२०१३-मा ह्रदयाघात भएपछि उहाँ  सार्वजनिक रूपले विरलै देखिनुभयो। श्री बुटफ्लिकाले पाँचौ पटकका लागि राष्ट्रपति पदमा आफ्नो उम्मेद्वारीको घोषणा गर्नुभएको थियो तर ११ मार्चमा उहाँले आफ्नो नामाङ्कन फिर्ता लिनुभयो र १८ अप्रिलमा हुने भनिएको चुनाउलाई स्थगित गर्नुभयो। गत साता मुलुकको शक्तिशाली सेना प्रमुखले बुटफ्लिकलाई राष्ट्रपति पदका लागि अयोग्य ठहर गर्न एक संवैधानिक प्रक्रिया सुरु गर्ने प्रस्ताव अगाडि सार्नुभएको थियो।