भेनेजुएलाको शीर्ष अदालतद्वारा गुआडोको संसदीय निरापदता हनन  गर्न आह्वान

भेनेजुएलाको सर्वोच्च न्यायालय ‘सुप्रिम ट्रिब्युनल अफ जस्टिस’ले संविधान सभालाई विपक्षी नेता जुआन गुआडोको संसदीय निरापदता हनन गर्न आह्वान गरेको छ। सर्वोच्च अदालतका न्यायमूर्ति माइकल मोरेनोले भन्नुभयो, न्यायालयले यस निर्णयको प्रमाणित प्रति राष्ट्रिय संविधान सभाका प्रमुखलाई सुम्पिने आदेश दिएको छ। यसो गरिएमा जुआन गेरार्ड गुआडो मार्केजको संसदीय निरापदता फिर्ता लिन सकिनेछ।

न्यायालयको यस फैसलाबारे सबै स्थानीय टेलिभिजन च्यानलहरूले जानकारी दिएका थिए। भेनेजुएलाले गत ५ जनवरीदेखि विकट राजनीतिक संकट झेलिरहेको छ। गुआडो विपक्षको नियन्त्रणमा रहेको नेशनल एमेम्बलीको प्रमुखमा निर्वाचित हुनुभएपछि यो संकट गहिरिएको हो।