अमेरिका र दक्षिण कोरियाका रक्षा प्रमुखहरूले परमाणु निरस्त्रीकरण सम्बन्धमा बैठक गरे

अमेरिकाका कार्यवाहक रक्षा मन्त्री प्याट्रिक शनहानले सोमवार वाशिङ्गटनमा दक्षिण कोरियाका रक्षा मन्त्री जोङ्ग कोयोङ्ग-डोसित कुराकानी गर्नुभएको छ।  पेन्टागनले जारी गरेको एउटा वक्तव्यमा भनिएको छ, बैठकको बेला श्री शहनान र श्री जोङ्गले कोरियाली प्रायद्वीपलाई पूर्ण रूपले परमाणु निरस्त्रीकरण गरी शान्ति बहाली गर्ने हाल जारी कुटनयिक प्रयासहरूबारे चर्चा गर्नुभयो।

उहाँहरूले कोरियाको मुद्दामा जानकारी साझा गर्नेसहित विभिन्न क्षेत्रमा समन्वय र सहयोग बढाउने वाचा गर्नुभयो। उत्तर कोरियाका नेता किम जोङ्ग उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच दोस्रो शिखर बैठक भएको एक महिनापछि यो बैठक भएको छ।