स्रीलङ्का सरकारद्वारा हम्बनटोटामा प्रस्तावित तेल परिशोधन परियोजनाको सम्बन्धमा व्यक्त चिन्ताहरू खारेज

हाम्बनटोटामा प्रस्तावित तेल परिशोधन परियोजनामाथि व्यक्त चिन्ताहरूलाई स्रीलङ्का सरकारले मंगलबार खारेज गऱ्यो।

विकास रणनीति एवम् अन्तर्राष्ट्रिय व्यापार मन्त्री मलिक समरविक्रमाले संसदलाई के बताउनुभयो भने, ओमानको कम्पनीले परियोजनाको कामलाई अघि बढाई राख्ने छ र बिहिबार जमीनको पट्टा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिनेछ।

उहाँले पतिपक्षलाई धैर्य धारण गर्न तथा भ्रामक टिप्पणीहरू नगर्न आह्वान गर्नुभयो।

विगत महिना स्रीलङ्काका प्रधान मन्त्रीले ३.८५ अरब डलरको लगानी निहित यस परियोजनाको शिलान्यास गर्नुभएको थियो जसमा तामिल नाडुका राजनीतिज्ञ तथा पूर्व केन्द्रीय मन्त्री ड. एस जगत रक्षकन एक प्रमुख निवेशकर्ता रहनुभएको छ।

स्रीलङ्काको ट्रान्सप्यारन्सी इन्टरन्याशनलले यस सौदाबाट धन शोधनको संभावना अधिक रहेका मुलुकहरूको सूचीबाट आफ्नो नाम निकाल्ने स्रीलङ्काका प्रयासहरूमाथि नकारात्मक प्रभाव पर्ने बताइएको सम्बन्धमा सञ्चार माध्यममा विरोधाभाषी रिपोर्टहरू आएपछि यो परियोजना विवादमा परेको थियो।

प्रतिपक्षले परियोजनाको संभाव्यता र कम्पनीको अनुभवमाथि पनि प्रश्न गरेको छ।