संयुक्त अरब अमिरातद्वारा नयाँ भिशा प्रदायक प्रक्रियाको घोषणा

संयुक्त अरब अमिरातको मन्त्रीमण्डलले एउटा यस्तो नयाँ भिशा प्रदायक प्रणालीको घोषणा गरेको छ जसले, विदेशी कारिन्दाहरूलाई उनीहरूका तत्काल परिवारका सदस्यहरूलाई ल्याएर आफुसित राख्ने अनुमति दिन तिनीहरूको कामको दर्जा हैन अपितु तलबलाई महत्त्व दिनेछ।

एउटा ट्वीटमा संयुक्त अरब अमिरातको सरकारले आफ्नो परिवारका सदस्यहरूलाई ल्याउन चाहने विदेशीहरूको लागि एउटा नयाँ भिशा प्रदायक सुविधालाई मन्त्रीमण्डले मन्जुरी प्रदान गरेर प्रतिभाको एक केन्द्र तथा अवसरहरूको मुलुकको तवरमा संयुक्त अरब अमिरातको ओहोदाको पुनर्पुष्टी गरेको बताएकको छ।

मन्त्रीमण्डलको महा सचिवालयले जारी गरेको एक वक्तव्यमा संसोधित प्रावधानहरूमा परिवारका सदस्यहरूको प्रायोजना गर्न पाउने शर्तको रूपमा  रहेको अघिको कारिन्दाको पेशा विपरीत अब उसको आयलाई यसको मानदण्ड बनाइएको बताइएको छ।

वक्तव्यमा बताइ अनुसार संयुक्त अरब अमिरातमा नियुक्त ती पुरुष बासिन्दाहरूले पत्नी तथा छोरा-छोरी सरहका तत्काल परिवारका सदस्यहरू ल्याउन वा प्रायोजित गर्न सक्ने छन् जसको आय न्यूनतम् ४००० दिरहम अथवा ३००० दिरहम र आवास सुविधा रहेको छ। पुरुष प्रयोजकको पेशा यस्तो  हुन पर्छ जसले उनलाई प्रयोजना गर्ने अनुमति दिन्छ। तर कुनै पनि आमालाई प्रायोजना गर्ने अनुमति दिइएको छैन।

संयुक्त अरब अमिरातको वेबसाइटमा  के पनि स्पष्ट पारिएको छ भने, घरायसी सेवादारहरू र कतिपय अन्य श्रेणीका कारिन्दाहरूले चाहिँ उनीहरूको आय जत्ति नै भएता पनि परिवारका सदस्यहरू ल्याउन पाउने छैनन्।