मलेसियाका पूर्व प्रधान मन्त्री नजिबमाथि भ्रष्टाचारको मुद्दा सुरु

मलेसियाका पूर्व प्रधान मन्त्री नजिब रजकमाथि बुधबार अरबौं डलरको आर्थिक घोटला गरेको मुद्दा सुरु भयो।

उहाँ विरुद्ध राष्ट्रको सम्पत्ति लुट्नमा संलग्न रहनुभएको अभियोग सम्बन्धी अनेकौं मुद्दाहरू मध्ये पहिलो मुद्दा सुरु भएको छ।

नजिब विरुद्ध भ्रष्टाचार र १ करोड ३ लाख डलर चोरी गरेको अभियोगसित सम्बन्धित धन शोधनका ७ अभियोगहरूमाथि मुद्दा सुरू गरिएको छ।

उहाँलाई पोहोर भएका निर्वाचनहरूमा महाथिर मोहम्मदले पराजित गर्नुभएको थियो।