नेपालमा आँधी बेहरीका कारण ज्यानमाललाई भएको क्षतिप्रति भारतद्वारा संवेदना प्रकट

नेपालमा आएको विनाशकारी आँधी बेहरीका कारण ज्यानमाललाई भएको क्षतिप्रति भारतले संवेदना प्रकट गरेको छ।

परराष्ट्र मामिला मन्त्रालयले एउटा वक्तव्यमा भनेको छ कि नेपालको बारा र पर्सा जिल्लामा विनाशकारी तूफानले ज्यान र माललाई पुऱ्याएको क्षतिबारे जान्नमा आउँदा भारत अत्यन्तै मर्माहित बनेको छ।

परराष्ट्र मन्त्रालयले भनेको छ, ज्यान गुमाउने, घाइते वा समपत्तिलाई क्षति पुगेका व्यक्तिहरूसित भारत सरकार तथा जनताको संवेदना र प्रार्थना छ।

नयाँ दिल्लीले भनेको छ कि भारत सरकार नेपाललाई आवश्यकता परेको खण्डमा राहत सहायता प्रदान गर्न तत्पर छ र काठमाडौँमा भारतीय दूतावास अनि बीरगञ्जमा वाणिज्य दूतावास सम्बन्धित पदाधिकारीहरूको सम्पर्कमा छन्।

आइतबार बारा र पर्सा जिल्लामा विनाशकारी तूफानमा २७ व्यक्तिहरूले आफ्ना ज्यान गुमाए भने ६०० भन्दा अधिक घाइते भएका थिए। यस तूफानमा सयौँ घर तथा अरू समपत्तिहरू क्षतिग्रस्त भए।