जन प्रतिवादहरू पछि अल्जेरियाका राष्ट्रपतिको राजीनामा

कैयौँ सातासम्म चलेका जन प्रतिवादहरू पछि अल्जेरियाका राष्ट्रपति अब्दूल अजिज बौटेफिल्काले राजीनामा दिनुभएको छ।

श्री बौटेफिल्काले, मंगलबार आफ्नो कार्यकाल समाप्त गर्नु भएको जानकारी संवैधानिक परिषदलाई आधिकारीक रूपले दिनुभएको सरकारी मिडियाले बताएको छ।

८२ वर्षीय नेता, २० वर्षसम्म सत्तामा रहनु भयो र पाँचौ कार्यकालको लागि उम्मेदवारी दिने निर्णय गर्नु भएपछि उहाँमाथि राजीनामा गर्ने चाप बढी राखेको थियो। सन् २०१३-मा पक्षघातको शिकार हुनुभए यता श्री बौटेफिल्कालाई सार्वजनिक रूपले बिरलै देखिन्थ्यो।