ब्रेक्जिटमा विलम्ब गर्ने विधेयक ब्रिटिस सांसदहरूद्वारा १ मतको अन्तरले पारित

ब्रिटेनले कुनै पनि सम्झौता बिना नै ब्रेक्जिट अथवा युरोपेली संघबाट निर्गमन गर्नु पर्ने संभावना टार्ने क्रममा प्रधान मन्त्री थेरेसा मे-लाई म्यादमा विस्तारको लागि माग गर्न वाध्य पार्ने एउटा विधेयक ब्रिटिस सांसदहरूले एक भोटको बहुमतले पारित गरेका छन्।

लेबर पार्टीका सांसद येवेट्टे कूपरद्वारा प्रस्तावित यस विधयकलाई प्रतिनिधि सभाले एकै दिनमा पारित गऱ्यो। तर यो विधेयक ऐनमा रूपान्तरित हुनको लागि यसलाई हाउस अफ् लर्डस्-को अनुमोदन आवश्यक छ। विस्तारको अनुपति दिने वा नदिने अधिकार चाहिँ युरोपेली संघ कै हो।
ब्रेक्जिट सम्बन्धी वार्तालापको लागि प्रधान मन्त्री मे-ले जर्मी कोर्बिनसित भेटघाट गर्नु भएपछि नै यो विधेयक आएको छ। अगाडिको बाटोको लागि वर्तालाप ‘रचनात्मक’ बताइएको भएता पनि ती ‘अनिर्णित’ रहेको श्री कोर्बिनले थप्नुभएको छ।