दक्षिण कोरियाले शुक्रबार विश्वको प्रथम ५-जी राष्ट्रिय सञ्जाल सुरु गर्ने  

दक्षिण कोरियाले आगामी शुक्रबार विश्वको प्रथम पूर्णस्तरीय ५-जी मोबाईल सञ्जालको उद्घाटन गर्नेछ।
अरबौं मानिसहरूको दैनन्दिन जीवनलाई बदलाउन सक्ने यस रूपान्तरकारी छलांग पछि महाशक्तिहरू यस अभिनव प्रविधिमाथि नियन्त्रणको लागि वादविदामा मुछि सकेका छन्।

अत्यन्तै विकसित दक्षिण कोरिया उसको प्राविधिक सामर्थ्यको लागि सुविदित छ र सोल रोकिंदै अघि बढी रहेको आफ्नो व्यवस्थामा जोश भर्न चाहन्छ।

यो तीब्र बेगी ५-जी वेतार प्रविधि ४-जी भन्दा २० गुणा बढी द्रुत हुनेछ र यसले लगभग उत्तिनै खेर सम्पर्कता पदान गर्नेछ। अति उच्चगतिको  ५-जीले एक वर्ग किलोमिटर क्षेत्रमा १० लाख उपकरणलाई जोड्न सक्छ।

अहिलेसम्म कुनै पनि मुलुकले राष्ट्र व्यापी ५-जी सञ्जाल सम्पर्कता प्रदान गरेको छैन। जापानले आगामी वर्ष हुने टोक्यो ओलिम्पिकको बेला पूर्ण आकारको सेवा सुरु गर्न पूर्व २०१९-मा एउटा सिमित सेवा सुरू गर्ने अपेक्षा छ।