छत्तीसगढमा नक्सलवादीहरूसितको भिडन्तमा सीमा सुरक्षा बलका ४ जना जवान शहीद

बिहिबार छत्तीसगढको कंकेर जिल्लामा नक्सलवादीहरूसित भएको एक भिडन्तमा सीमा सुरक्षा बल (बीएसएफ)-का ४ जना जवानहरू शहीद हुन साथै अन्य दुइजना घाइते भए।

बीएसएफ-का सिपाहीहरूको निधनमा गृहमन्त्री राजनाथ सिंहले क्षोभ व्यक्त गर्नुभएको छ। यस भीडन्तको सम्बन्धमा उहाँले बीएसएफ-का महा-निदेशकसित कुराकानी गर्नुभएको श्री सिंहले एउटा ट्वीटमा बताउनुभयो। श्री सिंहले भन्नुभयो, बीएसएफ-का महा-निदेशकले उहाँलाई अभियानबारे जानकारी प्रदान गर्नुभएको छ र सीमा सुरक्षा बलका शहीद सिपाहीहरूका परिवारहरूलाई मद्दत गर्न तथा धरातलीय स्थिति बुझ्न बलका महा-निदेशक छत्तीगढ जाँदै हुनुहुन्छ।