करतारपुर मार्गमाथि भारतद्वारा व्यक्त चिन्ताहरूको पाकिस्तानले सम्बोधन गरेको छैनः भारत

भारतले भनेको छ, करतारपुर मार्गमाथि भारतद्वारा व्यक्त चिन्ताहरूको पाकिस्तानले सम्बोधन गरेको छैन।

नयाँ दिल्लीमा सञ्चार माध्यमलाई सूचना प्रदान गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता रविश कुमारले भन्नुभयो, भारतले कतिपय विषयहरूमाथि पाकिस्तानबाट स्पष्टीकरणको माग गरेको थियो तर यी चिन्ताहरूको पाकिस्तान सरकारले सम्बोधन गरेको छैन।

यो मार्ग मार्फत करतारपुर साहिबको दर्शन गर्न पाउने भारतीय तीर्थ यात्रुहरूको धेरै दिनदेखिको माग पुरा गर्न प्रति भारत बचनबद्ध रहेको उहाँले बताउनुभयो।

उहाँले यो पनि थप्नुभयो कि करतापुर मार्गसित सम्बन्धित समितिमा पाकितानद्वारा एक विवादास्पद तत्वको नियुक्त गरिएको सम्बन्धमा पनि भारतले आफ्नो चिन्ता साझा गरेको थियो।

यसै कारण नै करतापुर मार्गको सम्बन्धमा विचार विमर्श गर्न दुई  पक्षहरूबीच २ एप्रिलका दिन निर्धारित बैठक भारतले स्थगित राखेको उहाँले बताउनुभयो।