नयाँ दिल्लीमा भारत र इटाली बीच ७-औं विदेश कार्यालय स्तरीय वार्तालाप सम्पन्न

बिहिबार नयाँ दिल्लीमा भारत र इटाली बीच ७-औं विदेश कार्यालय स्तरीय विचार विमर्श सम्पन्न भयो।

भारतीय पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयमा सचिव (पश्चिम) ए गितेश  शर्माले गर्नुभयो भने डटाली पक्षको नेतृत्व इटालीको विदेश मन्त्रालयको भूमण्डलीय मामिलाका महा-निदेशक लुका साबाटुचीले गर्नुभएको थियो।

यी परामर्शहरूले, पोहोर अक्टोबरमा इटालीका प्रधान मन्त्री ग्युसेप कोन्टे-को भारत यात्रा पछिको अनुगमन कार्यवाहीका साथै राजनैतिक, प्रतिरक्षा, वैज्ञानिक, आर्थिक एवम् वाणिज्यिक सम्बन्धहरू लगायत द्विपक्षीय सम्बन्धहरूको सम्पूर्ण आयामको समीक्षा गर्ने अवसर प्रदान गरेको परराष्ट्र मन्त्रालयले एउटा विज्ञाप्तिमा बताएको छ।

दुवै पक्षहरूले राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा सहयोग लगायतका क्षेत्रीय तथा बहुराष्टिय विषयहरू बारे पनि छलफल गरे। आपस्तमा बढ्दा आर्थिक एवम् वाणिज्यिक सम्बन्धहरूलाई ध्यानमा राखि दुवैले, संस्थागत व्यवस्थाहरूको सुदृढीकरण मार्फत लगायत उनीहरूको वृद्धिमा अझ सुविधा पुऱ्याउने उपायहरू बारे पनि चर्चा गरे।