प्रधान मन्त्री मोदी संयुक्त अरब अमिरातको प्रतिष्ठित जायेद मेडलबाट सम्मानित

संयुक्त अरब अमिरातले प्रधान मन्त्री नरेन्द्र मोदीलाई राजा, राष्ट्रपति तथा राष्ट्र प्रमुखहरूलाई प्रदान गरिने सर्वोच्च पुरस्कार प्रतिष्ठित जायेद मेडलबाट सम्मानित गरेको छ।

दुई मुलुकहरू बीच धेरै समयदेखि विद्यमान मित्रता र संयुक्त रणनीतिक सहयोग बलियो बनाउने दिशामा उहाँले खेल्नु भएको भूमिका कै मान्यता स्वरूप श्री मोदीलाई यो पुरस्कार प्रदान गरिएको हो।

प्रधान मन्त्री मोदीले उहाँलाई प्रतिष्ठित जायेद पुरस्कारबाट सम्मानित गरिएको लागि संयुक्त अरब अमिरातका अध्यक्ष मोहम्मद बीन जायद अल नहायनको धन्यवाद गर्नुभएको छ।

एउटा ट्वीटमा श्री मोदीले उहाँले अत्यन्तै विनम्रताका साथ यो पुरस्कार स्वीकार गर्नुभएको बताउनुभयो।

उहाँले भन्नुभयो, संयुक्त अरब अमिरातका राष्ट्रपतिको दुरदर्शी नेतृत्वमा भारत-संयुक्त अरब अमिरात बीचको रणनीतिक सम्बन्ध एउटा नौलो ऊचाईंमा पुगेको छ।

यस मित्रताबाट हाम्रा जनता र पृश्वीको शान्ति एवम् समृद्धीमा योगदान पुगी राखेको उहाँले बताउनुभयो।