काठमाडौँमा १५ मे देखि नेपाल-भारत फ्रेन्चाइची लगानी प्रदर्शनी एवम् सम्मेलन

नेपाल-भारत फ्रेन्चाइची लगानी प्रदर्शनी एवम् सम्मेलनको आयोजना  १५ र १६ मई २०१९ को दिन  काठमाडौँमा हुनेछ।

बिक्री-विपण विशेषाधिकार अर्थात् फ्रेन्चाइची व्यावसायमाथिको यस समारोहले उद्यमशीलताको विकास मार्फत भारत र नेपाल बीच सम्बन्ध निर्माण गर्नमाथि विशेष ध्यान केन्द्रित गर्ने छ। सम्मेलनको आयोजना भारतीय दूतावास र विशेषाधिकार भारतको सहयोगमा नेपाल वाणिज्य उद्योग महासंघ (एफएनसीसीआई) द्वारा गरिएको हो। यो प्रदर्शनी यस किसिमको पहिलो प्रदर्शनी हुनेछ जहाँ मास्टर फ्रेनचाइजिङ वा यूनिट फ्रेनचाइजिङमाथि ध्यानकेन्द्रित गर्दै विभिन्न उद्योगका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डहरूले उनीहरूका ब्रान्ड कनसेप्ट र बिजिनेस ओपरेशनलाई प्रदर्शित गर्ने छन्। आज दिउँसो काठमाडौँमा मीडियाकर्मीहरूसित कुरा गर्दै एफएनसीसीआई-की अध्यक्ष भवनी राणाले भन्नुभयो यस समारोहले नेपाली बजारमा लगानीका नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा छ। उहाँले भन्नुभयो, नेपाल र भारतका लगानीकर्त्ताहरू बीच नेटवर्किङ्ग अर्थात परस्पर सम्पर्कताका लागि ध्यानकेन्द्रित, आयोजनाका मुख्य विषयहरूमध्ये एक हुनेछ। भारतीय राजदूत मनजीव सिंह पुरीले भन्नुभयो, यस सम्मेलनले अग्रणी भारतीय ब्रान्डहरूलाई नेपालमा ल्याउन मदत गर्ने छ। उनीहरूको आगमनले नेपालमा लगानी मात्र होइन तर प्रविधिको हस्तान्तरण  साथै कारोबारको ज्ञान पनि भित्रिने छ।

प्रदर्शनीमा विविध कारोबार खण्डहरू हुनेछन् जहाँ फूड एन्ड बिवरेजेस, रिटेल्स, शिक्षा, फिटनेस, फेशन, वेलनेस, रियल स्टेट, प्रविधि तथा सेवाका क्षेत्रमा कारोबारका करीब १०० अवसरहरू प्रदर्शित गरिने छन्। आयोजकवर्गले बताए अनुसार सम्मेलनमा २५० व्यापारी र लगानीकर्त्ताहरूले भाग लिने छन् भने १००० भन्दा अधिक प्रत्याशित फ्रेनचाइजी र लगानीकर्ताहरू प्रदर्शनीमा आउने अपेक्षा छ