अस्ट्रेलियालाई घिनलाग्दा हिंसापूर्ण सामग्रीहरूमाथि अंकुश लगाउन सक्ने कम्पनीहरूको खाँचो

अस्ट्रेलियाको संसदले एउटा यस्तो मसौदा ऐन ग्रहण गरेको छ जसको उद्देश्य १५ मार्चका दिन क्राइस्टचर्चमा भएको गोली काण्डको सामाजिक सञ्जालहरूमा धारावाहिक प्रसारण सरहका घिनलाग्दा हिंसापूर्ण सामग्रीहरू इन्टरनेटमा फैलिन नदिनु हो ।

विधेयकमा प्रशासनलाई यस किसिमका समग्रीहरू तकाल हटाउन नसक्ने अनलाइन मञ्चहरूमाथि जरिमाना लगाउने अनुमति प्रदान गरिएको छ।

अस्ट्रेलियाका प्रधान मन्त्री स्टोक मोरिसनले भन्नुभयो, सामाजिक सञ्जाल कम्पनीहरूको यो सुनिश्चित गर्नु एउटा जिम्मदारी हो कि तिनीहरूको प्रवाधिक नवोन्मेषको आतङ्ककारीहरूले दुरोपयोग गर्न नसकुन।

सांसदको वेवसाइटमा प्रकाशित व्याख्य़ानमुलक दस्तावेजमा महा अधिवक्ता चार्ल्स क्रिश्चियन पोर्टरले भन्नुभएको छ, प्रकाशन र कन्टेन्ट सेवा प्रदायकहरूले घृणित हिंसापूर्ण समग्रीहरू उनीहरूका माध्यमहरूमा देखा परेको लगत्तै त्यसलाई हटाएर संघीय प्रहरीलाई सूचित गर्नु पर्छ।

इन्टरनेटबाट ती सामग्रीहरू तुरून्तै हटाउन नसक्नेमाथि २१ लाख अस्ट्रेलियाली  डलरको जरिमाना लगाउन अथवा ३ वर्षको कैदको सजा दिन अथवा दुवै हुन सक्ने छ।