अमेरिका, चीन महत्त्वपूर्ण व्यापार सम्झौता गर्नतर्फ अग्रसरः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएअनुसार, उहाँको देश र चीनले आउँदो चार साताभित्रमा महत्त्वपूर्ण व्यापार सम्झौता गर्नेभएको छ।

उहाँले भन्नुभयो, दुवै पक्ष केही जटिल मुद्दाहरूबारे समझदारीमा पुगेका छन् तर अझ केही कुराहरूबारे बिचार विमर्श हुन बाँकी छ। यसैबीच, चीनियाँ राष्ट्रपति शी जिनपिङले सुक्रवार बीजिङ्गमा बोल्दै चीन-अमेरिका आर्थिक सम्झौतामा नयाँ महत्त्वपूर्ण प्रगति हासिल भएको बताउनुभएको छ।

सम्झौतामा पुग्न चीन र अमेरिकाका शीर्ष अधिकारीहरूको बैठक वाशिङ्गटनमा चलिरहेकै बेला राष्ट्रपति ट्रम्पको यो टिप्पणी देखा परेको छ।