अफगानिस्तानको दुर्गम प्रान्तमा तालिबानद्वारा भएको घेराबन्दीमा अरू १२ सैनिकहरू मारिए

अफगानिस्तानको पश्चिमी दुर्गम प्रान्तमा एक सरकारी र सैनिक परिसर सुक्रवार दोस्रो दिन पनि तालिबानको घेराबन्दीमा परेको छ, जसमा कम्तिमा १२ सैनिकहरू मारिएका छन्।

बाग्दिस प्रान्तमा भएको यो भयानक घटनापछि त्यहाँ ज्यान गुमाउने अफगान सैनिक र पुलिस कर्मीहरूको संख्या ३२ पुगेको छ।

प्रान्तीय परिषदका सदस्य मोहम्मद नासिर नजारीको भनाइअनुसार, बाला मुर्घाब जिल्लास्थित बेसभित्र करीब ६०० सैनिकहरू र सुरक्षा फौजका सदस्यहरूसित कम्तिमा पनि २ हजारको संख्यामा तालिबान लडाकाहरू भिडेका थिए।

त्यहाँ तालिबानको हमला बिहिवार बिहानैदेखि नै सुरुभएको थियो।