जम्मु कश्मीरका ९१९ व्यक्तिहरूबाट सुरक्षा हटाइयो : गृह मन्त्रालय

जम्मू कश्मीर सरकारले राज्यमा राज्यपाल शासन लागू भएयता २२ पृथकतावादी नेताहरूसहित अनावश्यक ठहरिएका ९१९ व्यक्तिहरूको सुरक्षा हटाएको छ। गृह मन्त्रालयले सुक्रवार यसको जानकारी दिएको हो।

यस पहलले गर्दा २, ७६८ प्रहरी जवान र ३३९ वाहनहरू सार्वजनिक सेवाका लागि उपलब्ध भएका छन्। एक वक्तव्य जारी गरी मन्त्रालयले राज्यमा कैयौँ अनावश्यक व्यक्तिहरूले सुरक्षा प्राप्त गरिरहेका छन् भन्ने महसुस गरेर उक्त कदम चालिएको बतायो।

सबै मामिलाहरूको छानवीन गर्न जम्मू कश्मीर राज्य सुरक्षा समीक्षा समन्वय समितिको बैठक बसेको थियो।