फेब्रुअरी २७ को घटनामा पाकिस्तानको एफ-१६ लडाकु विमान खसालिएको भारतीय वायु सेनाको ठोकुवा

भारतीय वायु सेनाले फेब्रुअरी २७ तारिखमा पाकिस्तानको एफ-१६ विमान खसालिएको थियो भन्ने ठोकुवा गरेको छ। एक वक्तव्य जारी गरी वायु सेनाले अमेरिकी समाचार पत्रको त्यस खबरको खण्डन गरेको छ जसमा पाकिस्तानलाई प्रदान गरिएका सबै एफ-१६ लडाकु विमानहरूको सङ्ख्या नघटेको दावी गरिएको थियो।

भारतीय वायु सेनाले हवाइ युद्धका क्रममा नौसेरा सेक्टरमा भारतको मिग- २१ बाइसन र एफ-१६ खसालिएका थिए भनेको छ। उक्त घटनाका पारिस्थितिकीय प्रमाण हुनुका साथै अवाक्सले दिएको वायरलेस इन्टरसेप्ट, सिग्नल र ग्राफिक तस्बिरहरू रहेका बताइएको छ।