लोकसभा चुनावको तेस्रो चरणका लागि नामाङ्कन पत्रहरूको छानवीन प्रक्रिया सम्पन्न

लोकसभा चुनावअन्तर्गत तेस्रो चरणको मतदानका लागि नामाङ्कन पत्रहरूको छानवीन प्रक्रिया सुक्रवार सम्पन्न भयो र नामाङ्कन फिर्ता लिने अन्तिम दिन सोमवार हो। १२ राज्य तथा केन्द्र शासित प्रदेशमा रहेका ११५ सिटहरूका लागि २३ अप्रिलमा मतदान हुने छ।

गुजरात, गोवा, केरल, दादरा नगर हवेली र दमन दीवका सबै संसदीय क्षेत्रमा तेस्रो चरणअन्तर्गत चुनाव हुने छ। यस चरणमा महाराष्ट्र, कर्णाटक, उत्तर प्रदेश, छत्तीसगढ, ओडिसा, बिहार, पश्चिम बंगाल, असम र जम्मू कश्मीरका केही सिटमा पनि चुनाव हुँदै छ।