जापानको अदालतद्वारा कार्लोन घोनको हिरासतको अवधि अप्रेल १४ सम्म बिस्तार

निसान मोटर्सको पूर्व चेयरमैन कार्लोस घोन अब अप्रेल १४ सम्म नै हिरासतमा रहनु पर्ने भएको छ। जापानको एक अदालतले यो निर्णय सुनाएको छ। घोनमाथि आर्थिक अनुचित आचरणको नयाँ आरोप परेपछि सरकारी वकिलहरूले उनलाई यो नयाँ आरोप सम्बन्धमा सुधपुछ गरेका थिए।

६५ वर्षिय कार्लोस घोनलाई अरु १० दिनको लागि हिरासतमा राखियोस् भनि सरकारी वकिलहरूले गरेका अर्जीलाई आफूले स्वीकार गरेको टोकियो जिल्ला अदालतले एक बयानमा जनाएको छ।

२०१५ र २०१८ को मध्य अवधि बीच १ करोड ५० लाख निशान कोष ओमानको एक डिलरसीपमा हस्तान्तरण गरेको भनि घोनमाथि परेको नयाँ आरोपबारे अधिकारीहरूले छानबीन गरिरहेका छन्।