दक्षिण कोरियाद्वारा राष्ट्रिय विपदाको घोषणा

दक्षिण कोरियामा मुलुकको उत्तर पूर्वी तटमा रहेको पाँच शहर काउन्टीहरू भिषण आगलागीको चपेटामा परेपछि सरकारले बिहिबार राष्ट्रिय विपदाको घोषणा गरेको छ। शीर माथिबाट झरेको कुनै वस्तुले लागेर एक व्यक्तिको ज्यान गएको छ भने आगलागीमा ११ जना घाईते समेत भएका छन्। रातभरिमा हजारौं स्थानीय मानिसहरूलाई ती ठाउँहरू छोडेर अन्य सुरक्षित स्थानमा सर्न भनिएको छ।

सियोल स्थित गान्गोन फायर हेडक्वाटरका एक फायर क्याप्टन चोई-जीन-हो’ले जनाएअनुसार, गोसियोङ्ग शहरमा एक रेजोर्टमा बिहिबार मध्यराती एक ट्रान्सफर्मरमा आगो लागेपछि आगलागि सुरु भएको थियो अनि यो फैलिएर छेउको पर्वतहरूसम्मै पुग्यो। हावाको झोंकाले गर्दा आगो फैलिएर तिव्र गतिमा छेउको पार्वतीय क्षेत्रहरूसम्मै पुग्यो।