मालदिभ्समा नयाँ संसदको लागि आज मतदान

मालदिभ्समा नयाँ संसदको चयनको लागि आज मतदान हुँदैछ। मतदान बिहान ८ बजेदेखि सुरु भयो अनि यो अपरान्ह ४ बजेसम्म चल्नेछ। मतदानपछि मतगणना सुरु हुनेछ अनि भोलीसम्ममा प्रारम्भिक नतिजा देखा पर्ने आशा राखिएको छ।

मालदिभ्समा  २००८ मा बहुदलिय लोकतन्त्र स्थापना भएदेखि यता मुलुकमा भएको यो तेस्रो संसदीय चुनाव हो। ८७ सीटको लागि भएको चुनावमा मोठ ३८६ प्रत्यासीहरू चुनाव मैदानमा छन्, जसमा पूर्व राष्ट्रपति मोहम्मद नासिद र संसद अध्यक्ष क्वासीम इब्राहिम शामेल हुनु हुन्छ।