सुडानमा प्रदर्शनकारीहरू पहिलोचोटी सेना मुख्यालय पुगे: प्रत्यक्षदर्शी

हिजो सुडानको खरतूममा हजारौँ प्रदर्शनकारीहरू सडकमा ओर्लिए जसमध्ये कयन् प्रदर्शनकारीहरू सेनाको मुख्यालयसम्म पुगे। डिसेम्बरमा राष्ट्रपति उमर-अल-बशिर विरुद्ध घातक विरोध भएयता पहिलोचोटी अपार संख्यामा प्रदर्शनकारीहरू सडकमा निस्केका हुन्।

प्रत्यक्षदर्शीले बताएअनुसार,  आयोजकवर्गले सेना मुख्यालयसम्म पुग्नका लागि डाकेको जुलुसमा भाग लिँदै प्रदर्शनकारीहरूले राजधानीका सडकहरूमा “वान आर्मी, वान पिपल” अर्थात एक सेना एक जनताको नारा लगाए।