अरबका उत्कृष्ट १०० स्टार्ट-अप कम्पनीहरूलाई दीर्घम्यादी भिसा प्रदान गर्ने युएई-को घोषणा

संयुक्त अरब एमिरेट्स (युएई) सरकारले अरबका उत्कृष्ट १०० स्टार्ट-अपहरूलाई दीर्घम्यादी भिसा प्रदान गर्ने घोषणा गरेको छ जसले चौथी औद्योगिक क्रान्तिलाई आकार दिनसक्छन्।

जोर्डनमा ६ र ७ अप्रिलका दिन मध्यपूर्व तथा उत्तर अफ्रीकामाथि आयोजित विश्व आर्थिक मञ्चमा १०० अरब स्टार्ट-अपहरूको चयन गरियो। यस मञ्चमा पहिलोचोटी अरब क्षेत्रबाट १०० उदयीमान कम्पनीहरूलाई एकसाथ ल्याइएको हो, जुन कम्पनीहरू चौथो औद्योगिक क्रान्तिको भविष्यलाई आकार दिने दिशामा कार्य गरिराखेका छन्।

“युएई उदयीमान नवोन्मेषहरूका लागि एक वैश्विक पोषणकेन्द्र हो। हाम्रो नवोन्मेषअनुकूल विधान ढाँचा स्टार्ट-अप कम्पनीहरूका लागि अति नै महत्त्वपूर्ण छ” भनी युएई क्याबिनेटका महासचिव अब्दुल्ला बिन तौकले भन्नुभयो।
“१०० उत्कृष्ट अरब स्टार्ट-अपहरूलाई दीर्घम्यादी भिसा प्रदान गर्न विश्व आर्थिक मञ्चसित गरिएको यो सहकारिताले कारोबार सुगम बनाउने, विकासका लागि आकर्षक एवम् प्रोत्साहनीय वातावरण सिर्जना गर्ने हाम्रो प्रतिबद्धतालाई झल्काउछ तथा यसले प्रतिभाहरूका लागि एक वैश्विक गन्तव्यको रूपमा युएई-को स्थानलाई रेखाङ्कित गर्दछ” भनी उहाँले थप बताउनुभयो।