भेनेजुएलामा गुएदोद्वारा इतिहासको सर्वाधिक ठूलो संकट घोषित गरेपछि प्रदर्शनकारीहरू सडकमा ओर्लिए

भेनेजुएलामा संकटले विक्राल रूप लिइराखेको छ। बिजुली र पानीको आपूर्ति ठप्प भएको हुनाले राजनैतिक संकट झन् बढ्दै गएको छ। राष्ट्रपति निकोलस मादुरोको विरोधमा हिजो हराजौँको संख्यामा प्रदर्शनकारीहरू कराकस र अन्य सहरका सडकहरूमा ओर्लिए।

आविपक्षीका नेता जुअन गुएदो, जसले आफु वैधानिक अन्तरिम राष्ट्रपति हुँ भनी गरेको दाबीलाई करीब ५० राष्ट्रहरूको समर्थन रहेको छ, उहाँले शुक्रबार मानिसहरूलाई कराकसमा विशाल संख्यामा भेला हुन आह्वान गर्नुभएको थियो।
मादुरो जसले अमेरिकी-समर्थित उपद्रवलाई  बिजुली कटौतीका लागि दोष लगाउनुभएको छ जसले गर्दा लाखौँ मानिसहरू बिजुली आपूर्तिबाट वञ्चित रहेका छन्, उहाँले ‘शान्तिको रक्षा  गर्न’ उक्त प्रदर्शनको जवाफमा सरकार-समर्थन जुलुसको आह्वान गर्नुभएको थियो, जसमा सयौँ मानिसहरू करासका सडकहरूमा निस्केका थिए।
यसैबीच संयुक्त राज्य अमेरिकाले राजीनामाका लागि मादुरोमाथि अन्तर्राष्ट्रिय दबाउलाई कायम राखेको छ। उपराष्ट्रपति माइक पेन्सले भेनेजुएलाको सरकारी तेल कम्पनीका ३४ जहाजहरू अनि क्यूबासम्म कच्चा तेल ढुवानी गर्ने दुई कम्पनीहरू विरुद्ध ताजा प्रतिबन्धको घोषणा गर्नुभएको छ।
ह्यूसटनमा एउटा अभिभाषणमा उहाँले भन्नुभयो, “शान्तिपूर्ण ढंगमा लोतान्त्रिक व्यवस्था स्थापित गराउने दिशामा संयुक्त राज्य अमेरिकाले सबै कुटनीतिक एवम् आर्थिक दबाउलाई जारी राख्ने छ। “