ह्याकरहरूले मतदाता रजस्ट्रीमा प्रवेष्टी प्राप्त गरेको सम्बन्धी दावी इज्रायलद्वारा खारेज

इज्रायलको भोली हुने संसदीय निर्वाचन पूर्व त्यहाँको मतदाताहरूको डेटाबेसमा प्रवेष्टी प्राप्त गरेको सम्बन्धमा ह्याकरहरूद्वारा गरिएको दावीलाई इज्रायली अधिकारीहरूले खारेज गरिदिएका छन्।

“क्नेसेट” अर्थात् संसदको निर्वाचनको लागि मुलुकमा भोली चुनाउ हुँदैछ। ह्याकरहरूले मतदाताहरूको रजस्ट्रीमा प्रवेष्टी प्राप्त गरी लाखौँ इज्रायलीहरूको बारेमा सूचना चोरेको दावी गरेका छन् तर मुलुकको केन्द्रीय निर्वाचन समितिले ह्याक गरिएको सम्बन्धमा उनीहरूसित कुनै प्रमाण नरहेको बताएको छ।

लगभग ५८ लाख ८० हजार वैध मतदाताहरूले आगामी इज्रायली सरकारको नेतृत्व गर्ने पार्टीको चयन गर्नेछन्। इज्रायलको १२० सदस्यीय क्नेसेट अर्थात् संसदमा बहुमतको लागि ६१ सदस्यहरूको समर्थन आवश्यक छ।

इज्रायलमा मतदाताहरूले कुनै उम्मेदवारको लागि हैन पार्टीको लागि मतदान गर्ने गर्छन्। सरकार एउटा राष्ट्रव्यापी आनुपातिक प्रतिनिधित्वमाथि आधारित रहेको हुँदा जुन पार्टीले धेरै मत प्राप्त गर्छ उसैले क्नेसेट-मा बढी स्थानहरू प्राप्त गर्छ। राजनैतिक पार्टीहरूले क्नेसेट-मा एउटा स्थान प्राप्त गर्नको लागि कम्तीमा पनि ३.२५ प्रतिशत मत प्राप्त गर्नु अनिर्वाय छ।