अफगानिस्तानको पूर्वी कुनार प्रान्तको छापा दारा जिल्लामा ५ उग्रवादीहरू मारिए

अफगानिस्तानको पूर्वी कुनार प्रान्तको छापा दारा जिल्ला स्थित उग्रवादीहरूको एउटा गोप्य स्थलमाथि सुरक्षा बलहरूका जङ्गी विमानहरूद्वारा हमला गरिँदा इस्लामिक स्टेट (आई एस) सित सम्बन्ध राख्ने कम्तीमा पनि ५ जना उग्रवादीहरूको ज्यान गएको छ।

अस्सदाबादमा सेनाद्वारा जारी एउटा बयानमा आई एस उग्रवादीहरू विरूद्ध शनिबार यो हमला सुरू गरिएको थियो र इलाकालाई उग्रवादीहरूबाट मुक्त नगरिएसम्म यो जारी रहने बताइएको छ।

यस हमलामा उग्रवादी समूहको विशाल परिमाणमा गोला बारूद पनि नष्ट भएको छ।